किरात खालिङ राई उत्थान संघ युके अध्यक्षमा पून पुर्ण खालिङ

किरात खालिङ राई उत्थान संघ युके अध्यक्षमा पून पुर्ण खालिङ

लन्डन । किरात खालिङ राई उत्थान संघ बेलायत शाखाको अध्यक्षमा पून पूर्ण खालिङ निर्बिरोध चयन भएकाछन ।
शनिबार एल्डरसटमा भएको संघको चौंथो वार्षिक कार्यक्रम तथा दोश्रो शाखा सम्मेलनले खालिङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्ष सिरि खालिङ, सचिव योगेश (योग) खालिङ, महिला सचिव मेनु खालिङ, कोषाध्यक्ष सैलेश खालिङ, सह-कोषाध्यक्ष रमेश खालिङ चयन भएका छन भने सदस्यमा गोकुल खालिङ, प्रताप खालिङ, दीपक खालिङ, दीपचन खालिङ, ममता खालिङ, चन्द्रा चामलिङ खालिङ चयन भएका छन ।

कार्यक्रम पछि सामूहिक तस्बिर खिच्दै

सघले सोहिदिन ५ जना सल्लाहकार समिती चयन गरेको अध्यक्ष पुर्ण खालिङले बताए । सल्लाहकार समितिमा खड्का खालिङ, रामबिर खालिङ, नरेन खालिङ, तीर्थ खालिङ र तेजमान खालिङ रहेका छन ।

खालिङहरुको परम्परा अनुसार पुर्खाहरुद्वारा बिधिबत रुपमा भुमि पूजा गरी कार्यक्रम उद्घाटन भएको थियो ।

कार्यक्रममा खालिङहरुको वास सिलि नाच, खालिङ भाषाका गितहरुमा नृत्य साथै विभिन्न रमाइला खेलकुद आयोजना गरिएको थियो ।

कार्यक्रम लण्डनमा रहेका खालिङहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका