प्रथम योङ्ग स्टार ब्याडमिन्टन आयोजना हुने

प्रथम योङ्ग स्टार ब्याडमिन्टन आयोजना हुने

सोलुखुम्बु । योङ्ग स्टार क्लव सोलुखुम्बुले ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

क्लबले प्रदेश खेलकुद विकास बोर्ड र नेपाल व्याडमिन्टन संघको सहयोगमा यहि असार २० गतेदेखि प्रतियोगिता सञ्चालन गर्न लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
योङ्ग स्टार कभर्ड हल सोलुखुम्बुमा पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा विभिन्न पाँच विधा समावेश गरिएको छ । जसमा खुल्ला पुरुष डबल, खुल्ला महिला डबल, सोलुखुम्बु जिल्ला स्तरीय पुरुष डबल, खुल्ला भेट्रान पुरुष डबल र १५ बर्ष मुनिको पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगिता रहेको छ । ३ दिनसम्म चल्ने प्रतियोगिताको खुल्ला पुरुष डबल र खुल्ला महिला डबलमा प्रथम र द्वितीय हुनेलाई ३५ हजार र २० हजार नगद प्राप्त गर्नेछन् भने तृतीय हुने दुई टिमले १०/१० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

यस्तै सोलुखुम्बु जिल्ला स्तरीय पुरुष र खुल्ला भेट्रान पुरुष डबल ब्याडमिन्टनमा प्रथम र द्वितीय हुनेले २० हजार र १५ हजार नगद प्रदान गरिनेछ भने तृतीय हुने दुई टिमले ५/५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । अण्डर फिप्टीन पुरुष सिंगल ब्याडमिन्टनका प्रथम र द्वितीयले १५ हजार र ७ हजार नगद प्राप्त गर्दा तृतीय हुने दुई जनाले ३,५००/३,५०० नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सबै विधाका विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र पनि प्रदान गरिनेछ । प्रतियोगिताको खुल्ला पुरुषतर्फ नेपाल ब्याडमिन्टन संघको र्यांकिङ २० भित्र पर्ने खेलाडीहरु सहभागी हुन पाउने छैनन् भने सोलुखुम्बु जिल्ला स्तरीय खेलमा प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा भाग लिई विजयी ९प्रथम, द्वितीय र तृतीय० भएका खेलाडीहरु सहभागी हुन पाउने छैनन् । सोलुखुम्बुमा हाल कार्यरत कर्मचारीहरु भने कार्यालयको सिफारिस र परिचय पत्रको आधारमा प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन शत्रमा प्रदेश मन्त्री, सांसदका साथमा नेपाल ब्याडमिन्टन संघका पदाधिकारीहरुसमेत उपस्थित हुनेछन् । प्रतियोगिताको सबै पाँच विधामा गरि करिब २ सय खेलाडी सहभागी हुने अपेक्षा योङ्ग स्टार क्लवको छ ।

प्रतियोगितामा सहभागी सबै खेलाडीहरुलाई सहभागिताको प्रमाण पत्र र टिसर्ट प्रदान गरिनेछ । खेलमा सहभागी हुन चाहने खेलाडीहरुले योङ्ग स्टार क्लवको अफिसियल फेसबुक पेज र वेबसाइटवाट फाराम डाउनलोड गरि असार १९ गते मध्यान्न १२ बजे भित्र आयोजक समक्ष उपलब्ध गराउनु पर्नेछ । सहभागिताका लागि सिंगल तर्फ १ हजार र डबलतर्फ २ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा कुल १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका