थुलुङ दुधकोशिमा ५ दिने महिला शसक्तीकरण सम्बन्धी तालिम सुरु

थुलुङ दुधकोशिमा ५ दिने महिला शसक्तीकरण सम्बन्धी तालिम सुरु

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा पाँच दिने महिला शसक्तीकरणका लागि नेतृत्वदायी भूमिका सम्बन्धि तालिम सूरु भएको छ । महिला जनप्रतिनिधि र अगुवा महिलाहरुलाई लक्षित उक्त तालिम मंगलबार उद्घाटन गरिएको हो ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार उक्त तालिममा २७ जनाको सहभागीता रहेको छ । गाउँपालिकाको सभाहलमा जारी तालिमको सहजीकरण डा. रेणुका सोलुले गर्नुहुनेछ ।

तालिमको उद्घाटन गर्दै गाउँपालिका उपाअध्यक्ष सविता राईले महिलाहरुलाई अवर संगै क्षमता अभिवृद्धिमा पनि थुलुङ दुधकोशी सरकारले ध्यान दिइरहेको बताउँनुभयो । विकास क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने महिलाहरु क्षमतावान हुन आवश्यक रहेको उपाअध्यक्ष राईको भनाई छ ।

विकास निर्माणमा महिला नेतृत्वको भुमिका, त्यसको अवसर, चुनौति र व्यवस्थापन लगायतको विषयमा तालिममा जानकारी गराईने छ । कार्यक्रममा गाउँपालिका प्रवक्ता भाेजराज कार्की, वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदिप राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राई लगायतको उपस्थिति रहेको थियाे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका