सोलुखुम्बु । माप्य दुधकोशि गाउँपालिका र खुम्बु पासाङ ल्यामु गाउँपालिकाको संयुक्त आयोजना इएलएमआइएस (ELMIS) सम्बन्धी तीन दिने तालिम शुरु भएको छ ।
माप्य दुधकोशी गाउँपालिकाको सभाहलमा आजबाट सन्चालन भएको तालिमामा माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरब राईले उद्वघाटन गर्नुभएको हो ।
गाउँपालिका भित्र रहेका स्वास्थ्य सस्थालाई सुचना प्रबिधिको पहुचमा पुर्याई एकीकृत स्वास्थ सूचना प्रणाली सुधृढीकरण गर्ने र स्वास्थ्य सस्थामा भएका गतिबिधि, डाटालाई बिधुतिय प्रणालिमा चुस्तदुरुस्त राख्न सहयोग मिल्ने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा माप्य दुधकोशि गाउँपालिकाबाट ९ जना र खुम्बु पासाङ ल्यामु गाउँपालिकाबाट ६ जना सहभागी भएको माप्य दुधकोशी गाउँपालिका नि प्रशासकीय प्रमुख जितेन्द्र यादबले जानकारी दिए । ?