काठमाडौ । खालिङ राई भाषाको पहिलो म्युजिक भिडियो “च्यारी घ्लेपा ख्याल च्योह्यम” सार्वजनिक भएको छ ।
ममता खालिङ राई को शब्द, पबिधन खालिङको संगीत/सगीत संयोजन, पूर्ण राई र यसोदा खालिङ राईको स्वारमा रहेको गीत आज डिजिट्ल बजार युटुब मार्फत सार्वजनिक गरिएको हो ।
खालिङ राई भाषामा धेरैवटा गीतहरु रेकड भएपनी आधिकारिक भिडियो अहिलेसम्म निर्माण नभएको पहिलो खालिङ राई भाषाको म्युजिक भिडियो यहि भएको निर्माण पक्षले जनाएको छ ।
गाउँले ईन्टरनेटमेन्टको पोष्ट प्रोड्क्सनमा निर्माण भएको म्युजिक भिडियोमा सन्चारकर्मि गनेश कुमार राई “गिलु रातोस” ले निर्देशन गरेका छन ।
माप्य दुधकोशी १ ज्युब्युमा छाँयाङकन गरिएको म्युजिक भिडियोमा माप्य दुधकोशी गाउपालिका १ का वडाअध्यक्ष सज्जन खालिङ र सुनिता खालिङको अभिनय रहेको छ ।
म्युजिक भिडियोमा छाँयाङ्कन र सम्पादन गङ्गाराम खालिङ राईले गरेका छन ।https://youtu.be/2wRd3lvkeuM