तथ्य बंग्याएर बेरुजुलाई भ्रष्टाचार भनिएको थुलुङदुधकोशीको स्पष्टोक्ती

तथ्य बंग्याएर बेरुजुलाई भ्रष्टाचार भनिएको थुलुङदुधकोशीको स्पष्टोक्ती

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा देखिएको बेरुजुलाई भ्रष्टाचार संग जोडिएर लेखिएको समाचार प्रति पालिकाले ध्यानाकर्षण भएको जनाएको छ । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै पालिकाको बेरुजुको विषयलाई बंग्याएर केही व्यक्तिले अनलाईन पत्रकारिताको माध्यमबाट अतिरन्जित बनाउन गरेको कार्य प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

“महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदन अनुसार यस पालिकाको १ अर्व ४ करोड १२ लाख ५० हजार रुपैँयाको लेखापरिक्षण गर्दा रु.१ करोड ५१ लाख ४७ हजार बेरुजु देखिएको छ ।” थुलुङ दुधकोशी गाउँपालिका–७ का वडा अध्यक्ष एवम् पालिका प्रवक्ता भोजराज कार्कीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “जसमा शैद्धान्तिक बेरुजुको हिस्सा ठूलो छ । यो अंक हेर्दा जिल्लाको ८ वटा स्थानीय तह मध्ये हाम्रो गाउँपालिको सबै भन्दा कम बेरुजु रकम हो । उक्त कुरा स्वतन्त्र आमसंचारका माध्यमहरुबाट जनतामाझ प्रेसित भईसकेको छ ।”

कार्य सम्पादनको क्रममा अभिलेख व्यवस्थापनमा भएको सामान्य कमी कम्जोरीले बेरूजु देखिएका र ती बेरूजुहरू समपरीक्षण गराई शून्य कायम गर्न र आगामी बेरूजु शून्य उन्मुख भई कार्य सम्पादन गर्न पालिका प्रशासन नियमित रूपमा कार्यरत रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । बेरूजुहरू समपरीक्षणबाट नियमित भईजाने यथार्थलाई बंग्याएर बेरूजु भनेको भ्रस्टचार हो भनेर पछिल्लो समय केही अनलाइन मिडियामा श्रृंखलावद्धरुपमा समाचार सम्प्रेसन गरि दिगभ्रमित गर्ने प्रयास गरेको गरेकाले त्यस्ता समाचारमा कुनै सत्यता नरहेको प्रष्ट पारिएको छ ।

समपरिक्षण गरि न्यून बेरूजु कायम भएको अवस्था पछि समपरीक्षण अघिको महालेखा परिक्षकको प्रारम्भिक प्रतिवेदनको विवरण दिएर अतिरन्जित गर्ने प्रयास गरेको विज्ञप्तिमा दावी गरिएको छ । श्रृंखलाबद्धरुपमा यस्ता भ्रामक समाचार सम्प्रेषण गर्नेहरुलाई नेपालको प्रचलित ऐन, कानुन अनुसार कार्वाही गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका