स्व. गायक जनम थुलुङ स्मृति ग्रन्थ प्रकाशन हुने

स्व. गायक जनम थुलुङ स्मृति ग्रन्थ प्रकाशन हुने

काठमाण्डौ । स्व. गायक जनम थुलुङ स्मृति ग्रन्थ प्रकाशन हुने भएको छ । गायक जनमसँग सम्बन्धित लेख रचना समेटेर जनम थुलुङ प्रतिष्ठानले स्मृति प्रकाशन गर्न लागेको हो ।

भावी पुस्ताका निम्ति स्व. गायक थुलुङले नेपाली सांगीतिक क्षेत्रमा पु¥याएको योगदानलाई दस्तावेजीकरण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । उक्त स्मृति ग्रन्थमा प्रकाशन गर्नका लागि गायक थुलुङसँगको सम्बन्ध, अविस्मरणीय पल, थुलुङको व्यक्तित्व, किराती समुदायको भाषिक तथा सांस्कृतिक क्षेत्रमा उहाँको योगदान लगायतका विषयमा लेख, रचना, गीत, कविता, संस्मरण, तस्विर एवं प्रकाशनयोग्य अन्य सामाग्री पठाउन प्रतिष्ठानले अनुरोध गरेको छ ।भाद्र १५ गतेसम्म  लेख रचना rai[email protected][email protected]मा मेल गर्न सकिने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका