नेचासल्यान गाउँपालिकामा ग्रामिण आँखा केन्द्र स्थापना गर्न द्धिपक्षिय सम्झौता

नेचासल्यान गाउँपालिकामा ग्रामिण आँखा केन्द्र स्थापना गर्न द्धिपक्षिय सम्झौता

काठमाण्डौ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकामा ग्रामिण आँखा केन्द्र स्थापना गरिने भएको छ ।

जिल्ला सामुदायिक आँखा केन्द्रले आगामी ५ वर्षको अवधिमा जिल्लामा ३ स्थानमा ग्रामिण आँखा केन्द्र स्थापना गर्ने लक्ष्य राखेका हुन । लक्ष्य अनुसार नेचासल्यानमा आँखा केन्द्र स्थापना गर्ने गरि पालिका र आँखा केन्द्रबीच द्धिपक्षिय सम्झौता गरिएको छ ।

यो आर्थिक वर्ष भित्रमा स्थापना गर्ने गरि सम्झौता पत्रमा मंगलबार गाउँपालिका उपाध्यक्ष विना राई र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका व्यवस्थापन समितिका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका