काठमाडौँ । कैलालीको गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरीले ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल भएका छन् । चौधरी कैलारी–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी हुन ।
उन्तीसौँ पटकसम्म परीक्षामा असफल चौधरी यस वर्ष २।० जिपीए ल्याएर उत्तीर्ण भएका भएका का छन् । चौधरी वि।सं २०५२ बाट कैलारी–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए ।
यस वर्ष एसइई पास भएपछि धेरै खुसी भएको बताउँदै उनले भने, “अब कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने तयारी गरेको छु ।” कैलारी–६ बनकट्टा गाउँका चौधरीले वि।सं २०४८ मा दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलोपटक एसएलसी दिएको बताए ।
कोरोना महामारीका क्रममा दुई वर्ष विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाएको परिणामका आधारमा एसइईको नतिजा सार्वजनिक गरिएको थियो । चौधरीले लेखेरै पास गर्छु भनेर फाराम नभरेको बताए ।