विश्व किर्तिमानीलाई प्रमाणपत्र हस्तान्तरण

विश्व किर्तिमानीलाई प्रमाणपत्र हस्तान्तरण

काठमाण्डौँ । विश्वकै अग्लो स्थान ५०२० मिटर उचाईमा भिडियो छायाँकन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल नेपाली यूवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

उपराष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले विश्व किर्तिमानी नेपाली यूवाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

टेक बहादुर राई (गायक), माया गुरुङ (गायिका), बुद्धिराज राई (गीतकार तथा निर्देशक), सृजना किराँती (मोडल) र शिखर जंग श्रेष्ठ (मोडल)लाई रेकर्ड होल्डरको प्रमाणपत्र र धन कुमार राई (संगीतकार), राजु कार्की (एरेञ्जर), गंगाराम राई (सिनेमाटोग्राफर), शिवराज जोशी र डम्बर सिंह राईलाई (बाद्यबादक)तर्फ सहभागीताको प्रमाणपत्र प्रदान गरिएको हो ।

सोलुखुम्बुको खारे (मेरापिक जाने बाटो)स्थित ५०२० मिटरको उचाईमा ‘सुन्दर हिमाल’बोलको गीतको छायाँकन गरेर गिनिज बुकमा ‘द हाईयष्ट म्यूजिक भिडियो अन ल्याण्ड’विधामा रेकर्ड राखिएको हो । सोही स्थानमै गीतको लाइभ रेकर्डिङ समेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका