नेपाल फर्मा एक्स्पो चितवनमा

नेपाल फर्मा एक्स्पो चितवनमा

काठमाण्डौ । यही वैशाख ९ गतेदेखि ११ गतेसम्म आठौँ नेपाल फर्मा एक्स्पो २०२२ भरतपुरमा हुने भएको छ । नेपाल औषधि उत्पादक सङ्घले चितवन एक्स्पो सेन्टर भरतपुर एक्स्पोको आयोजना गरेको हो ।

सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीका अनुसार एक्स्पोमा स्वदेशी र विदेशी गरी १५० स्टल रहने छन् । नेपाल, भारत र बङ्गलादेशको एउटा स्टल रहने उहाँले जानकारी दिनुभयो । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न बहुराष्ट्रिय कम्पनी र नेपाली औषधि उद्योगहरूले एक्स्पोमा भाग लिनेछन् । एक्स्पोको अवसर पारेर विभिन्न प्राविधिक एवं नीतिगत विषयमा छलफल तथा गोष्ठी आयोजना हुनेछन् ।

नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिन, कच्चा पदार्थ, प्याकेजिङ मेटेरियललगायतमा पछिल्लो समयमा भएका विकासको प्रदर्शनी हुने क्षेत्रीले जानकारी दिए । उहाँले नेपालमा गुणस्तरीय र आवश्यक परिमाण औषधि उत्पादन हुनसक्छ भन्ने कुरालाई जनमानसमा लैजाने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बताए ।

सङ्घका उपाध्यक्ष एवं एक्स्पोका मिडिया कोर्डिनेटर सन्तोष बरालले यसपटकको एक्स्पो नेपालमा औषधि उत्पादन क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने अभियानमा केन्द्रित हुने बताए । उहाँले विगत २० वर्षदेखि हरेक दुई–दुई वर्षमा नेपाल फर्मा एक्स्पो हुँदै आएको भए पनि कोभिडका कारण रोकिएको बताउनुभयो । यसपटक आठौँ एक्स्पो हुन लागेको हो । एक्स्पो १५ हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । यसअघिको सातौँ एक्सपो पनि चितवनमा नै भएको थियो । एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका