जिल्लाको बिकास र समृद्धि लागि एमालेलाई जिताउन सोलुबासीलाई एमाले अध्यक्ष ओलीको आग्रह

जिल्लाको बिकास र समृद्धि लागि एमालेलाई जिताउन सोलुबासीलाई एमाले अध्यक्ष ओलीको आग्रह

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी ओलिले सोलुखुम्बु जिल्लाको समग्र बिकासका लागि स्थानीय तहको निर्बाचनमा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न सोलुबासीहरुलाई आग्रह गर्नुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुद्वारा सोमबार सदरमुकाम सल्लेरीमा आयोजित जनसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो । आगामी प्रदेश तथा स्थानीय तह निर्बाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दावी गर्नुभएका अध्यक्ष ओलीले स्थानीय तहमा जित हासिल गर्न नसके सेवा प्रवाहमा समस्या आउने भएका कारण पनि स्थानीय तहमा एमालेले जित्नै पर्ने बाध्यता रहेको वहाँको भनाई थियो ।

सोलुखुम्बु बिश्वले चिन्ने जिल्ला भएको चर्चा गर्दै वहाँले यस जिल्लाको उत्तर-दक्षिण सुहाउँदो बिकासको खाका एमालेसंग मात्र भएको बताउनुभयो । उत्तरतिर पर्यटकहरुलाई आकर्षित गर्ने हिमाल र दक्षिणतिर अन्नको उत्पादन गर्ने भण्डार रहेको सोलुखुम्बुको विविधतालाई आत्मसात गरेर एमालेले पर्यटन, कृषि, जडिबुटी, शिक्षा स्वास्थ्य, सडक र बिजुलिको बिकासलाई प्राथमिकताका साथ अघि बढाउने ओलीले बताउनुभयो ।

हाल सत्तामा रहेका गठबन्धनकारी दलहरू जनतालाई देख्ने बित्तिकै निर्बाचनसंग तर्सन गरेको दावी गर्दै अध्यक्ष ओलीले एमालेको दवावले निर्बाचनको मिति घोषणा गर्न बाध्यभए पनि उनीहरू अझै निर्बाचन सार्ने षड्यन्त्रको तानाबाना बुनिरहेका आरोप लगाउनु भयो। सत्तारुढ गठबन्धन बिप्लवलाई देखाएर निर्वाचन सार्न खोजि रहेको बताउंदै वहाँले भन्नुभयो,घोषित मितिमै निर्बाचन नगरिए एमालेले आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी दिए।ओलीले मन्चबाटै गठबन्धनकारीहरुको षड्यन्त्र बिरुद्ध हुने आन्दोलनमा सहभागी हुनका लागि तयार रहन सम्पूर्ण देशबासीहरुलाई आव्हान समेत गर्नुभएको थियो ।

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पा पुर्व महाधिवेशन प्रतिनिधि कुसाङ शेर्पा सोलुदुधकुण्ड नपा वडा न २ का वडाध्यक्ष मिङमार दोर्जी शेर्पासहित सयौं नेता कार्यकर्ता विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । नवप्रबेशीहरुलाई अध्यक्ष ओलीसंगै प्रदेश नं १ का पूर्बमुख्यमन्त्री शेरधन राई लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका