काठमाण्डौ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना एमसीसीलाई मुलुकको सार्वभौमिकतासँग जोड्न नमिल्ने बताएकी छन् । विश्वका धेरै देशले अमेरिकी परियोजना एमसिसि सम्झौता गरेको भन्दै उनले ती देशले कुरा नबुझी एमसीसी स्वीकार गरेका हुन् त भनी प्रश्न समेत गरिन् ।
मंगलबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी को विद्यार्थी संगठन अनेरास्ववियूले गरेको कार्यक्रममा उनले विश्वका आधा दुनिँयामा एमसीसी लागू हुदा पनि हाम्रो देश नेपालमा सार्वभौमिकताको कुरा उठाएर चिन्ता लिनु आवश्यक नभएको बताए ।
एमसीसी सरकारले स्विकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अव हामीले गफ गरेजस्तै एमसीसी सि्वकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ? त्यो हो भने त हामी भन्दा अर्को आधा दुनिँया त हुन्छ भन्ने छ नि त । उनीहरुले के कुरा नबझुको हो ? हामी मात्रै सोभरेन्टी (सार्वभौमसत्ता )को लागि यति साह्रै चिन्तित भएको हो त ? त्यसो त नहोला । मन्त्री झाँक्रीले भनिन् ।