सोलुखुम्बुमा ९१ शहिद, घाइते र बेपत्ता परिवारलाई सम्मान

सोलुखुम्बुमा ९१ शहिद, घाइते र बेपत्ता परिवारलाई सम्मान

सोलुखुम्बु । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुले सहिद, घाइते योद्धा तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ ।

आज शनिबार सल्लेरीमा आयोजीत सम्मान तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाभरिका ९१ जना शहिद, घाइते र बेपत्ता परिवारलाई सम्मान गरेको हो ।

माओवादी केन्द्र सोलुखुम्बु समन्वय समितीका संयोजक असिम राईले व्यवस्था परिर्वतनका लागि ज्यानको बाजी लगाएका योद्धाको योगदानको कदर गर्दै शहिदका परिवारलाई सम्मान गरेको बताए । प्रतिनिधि सभा सदस्य शुरवीरले शहिद, घाइते र बेपत्ता नागरिककै सपना पुरा गर्ने बाटोमा माओवादी नेतृत्व अघि बढेको बताए । उनले व्यवस्था परिर्वतनको सवालमा ज्यान गुमँएका, घाइते भएका र बेपत्ता भएका परिवारको व्यवस्थापन र पार्टी भित्र दिनुपर्ने उचित स्थानको बारेमा पार्टी नेतृत्वमा छलफल चलाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र जिल्ला सह–ईन्चार्ज ध्रुव शर्मा पराजुली, प्रदेश १ कमिटीका सह–सचिव सागर किराँती, पुर्व जिल्ला संयोजक गोम्बु शेर्पाकज्र्याङ शेर्पा, प्रदेश सदस्य हिमाल गिरी, गौरब राई लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका