काठमाण्डौ । ”आफू बाचौं र अरुलाई पनि बचाऔ” भन्ने मुल नाराका साथ फाल्गुन (०७ गते प्रजातन्त्र दिवसको अवसर पारेर भरतपुर महानगरपालिका वडा नम्बर १९ चितवनको होटल रोयल सेन्चुरीमा एक भब्य कार्यक्रम सम्पन्न भएको थियो । हेल्पिङ हेन्ड्स सेवा समाजको आयोजना तथा अन्य पाँच संस्था शेर्पा सेवा समाज, राई मुलघर सेवा समाज, पोख्रेली सेवा समाज, युनिटी अफ फेमेली ग्रुप र ङोलो ङोल्स्यो तमु सेवा समाजको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
संयुक्त संस्थाको उपाध्यक्ष एवम् हेल्पिङ हेन्ड्स सेवा सामाजका वरिष्ठ सल्लाहकार राजेन्द्र गुरुङ (राज) को अध्यक्षतामा र भरतपुर महानगरपालिका १९ नम्बरका वडा अध्यक्ष कर्ण बहादुर गुरुङको प्रमुख आतिथ्यमा साथै सगरमाथा बालगृहका संचालक जेबि लामा र नारी संरक्षण नेपालका लोकेन्द्र बिकको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा ६ वटै संस्थाका पदाधिकारीहरु, सदस्यहरु लगायत अन्य थुप्रै ब्यक्तिहरुले बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा चितवनका नारी संरक्षण नेपाल र सगरमाथा बालगृहका करिब १६० जना अनाथ बालबालिकालाई खाद्यान्न, लत्ताकपडा र कापीकलम बितरण गरेको थियो ।
यी छ वटा संस्था बिगो सामाजिक सञ्जालको माध्यमबाट स्थापित भई एक आपसमा सहकार्य गरेर सामाजिक उत्तरदायित्व सहितको यो चौथोपटकको कार्यक्रम सम्पन्न गरेको हो । लकडाउनको समयमै शेर्पा सेवा समाजको मुल आयोजना र अन्य पाँच संस्थाको सहकार्यमा काठमाडौंको बौद्ध, पशुपति र स्वयम्भू गरि तीन ठाउँमा खाना बितरण गरिएको थियो । राई मुलघर सेवा समाजको मुल आयोजनामा काठमाडौं स्थित दुईवटा बाल आश्रम र एक वृद्ध आश्रममा खाद्यान्न, लत्ताकपडा, कासो थाल लगायतका अन्य सामाग्री वितरण गरिएको थियो । त्यसैगरी, गत मङ्सिर १८ गते पोख्रेली सेवा समाजको मुल आयोजनामा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
होटल रोयल सेन्चुरीको कार्यक्रम सभा हलमा दिउँसो ११:३० बजेबाट शुरु भएको कार्यक्रममा नारी संरक्षण नेपाल र सगरमाथा बालगृहका करिब १६० जना बालबालिकालाई संस्थाको लोगो सहितको “सेवा नै धर्म हो” लेखिएको सुट एक(एक सेट लगाई दिएर कार्यक्रममा उपस्थित सबैलाई हलभित्र प्रवेश गराएका थिए । औपचारिक रूपमा पानसमा दियो बालेर प्रमुख अतिथि कर्ण बहादुर गुरुङले कार्यक्रमलाई विधिगत रुपमा उद्घाटन गरेका थिए ।
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका १९ नम्बर वडाका वडा अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि कर्ण बहादुर गुरुङले नागरिकको मौलिक अधिकारभित्र गास , बास, र कपासको संविधानमा ग्यारेन्टी भएतापनि सरकारले लागु गर्न नसकेको बताउदै यी ६ संस्थाले गरेको यस्तो मानवीय सेवामा समर्पित कार्यक्रमको खुलेरै प्रशंसा गरेका थिए । चितवन आफ्नै गृह जिल्लाका नारी संरक्षण नेपाल र सगरमाथा बालगृहका करिब १६० जना बालबालिकालाई राहत उपलब्ध गराउनु भएकोमा हेल्पिङ हेन्ड्स सेवा समाज र अन्य पाँच वटै सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्दै यस्तो महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथि बोलाउनु भएकोमा समेत खुशी व्यक्त गरेको थिए । अन्तमा देशमा प्रजातन्त्र प्राप्तिका निम्ति बलिदान गर्ने वीर शहिदहरुप्रति श्रद्धा सुमन अर्पण गर्दै सबैलाई प्रजातन्त्र दिवसको शुभकामना समेत व्यक्त गरेका थिए । आगामी दिनमा सामाजिक हितका निम्ति संस्थाले गर्ने जस्तोसुकै कामहरूमा पनि भरतपुर महानगरपालिका १९ नम्बर वडा सरकारको तर्फबाट भौतिक, बौद्धिक र आर्थिक हिसाबले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सगरमाथा बालगृहका संचालक एवम् कार्यक्रमका बिशेष अतिथि जेबी लामाले बिगो सामाजिक सञ्जाललाई सहि सदुपयोग गरि देश बिदेशमा रहेर यसरी समाज सेवा गर्नु आफैंमा उदाहरणीय रहेको बताए । सगरमाथा बालगृहमा अहिलेसम्म सरकारको नजर नपुगेको बताउदै पहिलोचोटि यो छ वटा संस्थाले सहयोग गरेको जानकारी समेत दिए ।
कार्यक्रमको अन्त्यमा ६ वटै संस्थाको तर्फबाट आयोजकले थुप्रै ब्यक्तिलाई सम्मान पत्रको ब्यवस्था समेत गरेका थिए । औपचारिक कार्यक्रम विसर्जनसंगै ६ वटै संस्थाका कलाकारहरु युमी राई, शसिकला राई, युनिशा गुरुङ, सुस्मा गुरुङ, अर्चना गुरुङ, मोनिका गुरुङ, कन्चना रुपाचा, शित्तल भुजेल, नानी गुरुङ लगायत सगरमाथा बालगृहका कलाकारहरुले नृत्य गरेर साथमा सिंगर अमितले गीत गाएर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । साभार माहाकुलुङ टेलिभिजन