सोलुखुम्बु । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी माप्य दुधकोशी गाउँपालिकाका ४ विद्यालय छनोट भएका छन् । विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसँग जोडिएको यो कार्यक्रम अन्तर्गत सोलुखुम्बु जिल्लाको आठ स्थानीय तहमा जम्मा ३६ विद्यालय छनोटमा परेका छन् ।
माप्य दुधकोशी गाँउपालिकाको वडा नं. २ राप्छा स्थित बासाखाली मा.वि., वडा नं.३ खास्ताव स्थित हिमालय मा.वि.मा आइसिटी काम हुने छ भने वडा नं.५ कोफु स्थित रापुर आ.वि. र वडा नं.१ बुम्बुरी स्थित दुधकोशी आ.वि.मा २/२ कोठे भवन निर्माणको लागि योजना परेको हो ।
यस कार्यक्रम अन्तर्गत चार कोठे भवनका लागि प्रतिविद्यालय रु ३६ लाख, दुई कोठे भवनका लागि रु १८ लाख र आइसीटी ल्याब स्थापनाका लागि रु छ लाख ५० हजार बजेट आउने मन्त्रालयले जनाएको छ ।