सोलुखुम्बुका सव इन्जिनियर यादवलाई कालो मोसो र जुत्ताको माला लगाउने ६ जना पक्राउ

सोलुखुम्बुका सव इन्जिनियर यादवलाई कालो मोसो र जुत्ताको माला लगाउने ६ जना पक्राउ

काठमाण्डौ । सोलुखुम्बुका शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका सव इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सव इन्जिनियर पवन कुमार यादवलाई सोमबार कालो मोसो र जुत्ताको माला लगाउने ९ जना मध्ये ६ जनालाई सदरमुकाम आसपासका क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार पक्राउ पर्नेमा २४ बर्षीय मानव राईसहित अन्य ५ जना २० बर्ष भन्दा कम उमेरका विद्यार्थीहरु रहेका छन् । घटनामा संलग्न अन्य ३ जना भने फरार रहेकाले खोजी भईरहेकोे प्रहरी निरीक्षक ढकालले बताए । उनीहरु उपर अभद्र व्यवहार अन्र्तगत मुद्धा चलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

जिल्लाको महाकुलुङ गाउँपालिकाको ६ वटा विद्यालय भवन पुनःनिर्माण गर्ने क्रममा सव इन्जिनियरहरु पवन कुमार यादव र नविन कुमार सिंहले आर्थिक भ्रष्टाचार गरेको उनीहरुको आरोप छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका ९ जना विद्यार्थीहरुले सोमबार दिउँसो १ बजे कार्यालय परिसरमा यादवलाई हातपात गरेका थिए ।

रकम तत्काल फिर्ता गर्न पटक-पटक ताकेता गर्दा समेत वेवास्था गरेकाले सांकेतिक कारबाही गरेको घटनापछि कार्यालय अगाडी टाँस गरिएको विज्ञप्तीमा भनिएको छ । साथै रकम फिर्ता नगरे थप भौतिक कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका