काठमनण्डौ । सोलुखुम्बुका नेता सोनाम ग्याल्जेन शेर्पा नेकपा एमालेको राष्ट्रियसभा सदस्यको उम्मेद्वार बनेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ नाम्चेका ५२ बर्षीय शेर्पा नेकपा एमाले प्रदेश नम्बर १ कमिटी सदस्य समेत हुन ा आगामी माग १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा शेर्पा एमालेको अल्पसंख्यक क्लष्टरबाट उम्मेद्वार बनेको हो ।
नेकपा एमाले सचिवालय बैठकले १९ सिटका लागि उम्मेदवार टुंगो लगाएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । नेकपा एमालेले राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।
एमालेले सातै प्रदेशका क्लस्टर अनुसार १९ उम्मेदवारको नाम टुङ्गो लगाएको हो । राष्ट्रिय सभा निर्वाचनमा सोलुखुम्बुबाट १७ मतदाताको नामवली संकलन गरिएको छ । राष्ट्रिय सभा चुनावका लागि कुल २ हजार २५ जना मतदाता मध्ये सोलुखुम्बुबाट २ जना प्रदेश सभा सदस्य सहित १७ जना मतदाताको नामवली संकलन भएको राष्ट्रियसभा निर्वाचन आयोगका उपसचिव ताराश्वर ढुंगनाले जानकारी दिए।
उनका अनुसार ८ वटा पालिकाका प्रमुख र उपप्रमुखको गरी १५ जना नामवली जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले र २ जना प्रदेश सांसदको नामवली प्रदेशसभाले आयोगको कार्यालय काठमाण्डौमा पठाएको हो । आउँदो फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट ८ जना, माओवादी केन्द्रबाट ४, नेकपा एकीकृत समाजवादीबाट ४, काँग्रेसबाट ३ र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।