WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bps0fCEElgCfEJT.nkKbsaLpmLWbAS/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:17:17', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बु सदरमुकाम सहितका क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित – Gaule Khabar

सोलुखुम्बु सदरमुकाम सहितका क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित

सोलुखुम्बु सदरमुकाम सहितका क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित

काठमाण्डौ । सोलुखुम्बुको सदरमुकाम सल्लेरी सहितका क्षेत्रमा गएराति देखि सुरु भएको हिमपातसगै चिसोले जनजीवन प्रभावित बनेको छ । जिल्लाको सदरमुकाम आसपासका क्षेत्रहरू सल्लेरी, फाप्लु, पत्ताले, पिकेडाडा,रातनागि डाडा, खोरिया, रोशि, तामाखानी, लोदिङ, बेनी, जुनबेशि लगायतका स्थानहरूमा आज बुधबार बिहान करिब ४ बजे देखि हिमपात हुन सुरु भएको हो भने उच्च हिमाली क्षेत्रहरू लुक्ला नाम्चे, खुम्जुङ सहितका क्षेत्रहरूमा गएराति देखि नै सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् ।

बाक्लो हिमपातका कारण उच्च हिमाली भेगका नागरिकहरु घर बाहिर समेत निस्कन नसकेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख भुमिराज उपाध्यायले जानकारी दिए। उनका अनुसार नाम्चे क्षेत्रमा १५ इन्च भन्दा बढी हिउँ जमेको छ । जसका कारण बस्तु भाउलाइ घास, चारोको ब्यवस्थापन गर्न समेत कठिन भएको खुम्बुका दावा शेर्पाले बताए । हिमपात हुनु अघि सम्म भएको भारी बर्षाले चिसो अत्याधिक बढेकाले बिशेषगरि बालबालिका र बृद्ध बृद्दाहरु समस्यामा परेको स्थानीयले बताएका छन् । हिमपात पछि सदरमुकाम सल्लेरी सहितका क्षेत्रमा मोबाइल नेटवर्क र विद्युत सेवा अनियमित बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका