सोलुखोला दुधकोशी हाईड्रोमा पाईप पड्किदा दुई ईन्जिनियरको मृत्यु, एक घाईते

सोलुखोला दुधकोशी हाईड्रोमा पाईप पड्किदा दुई ईन्जिनियरको मृत्यु, एक घाईते

सोलुखुम्बु । सोलुखुम्बुको पञ्चन स्थित ८६ मेगावाटको सोलु खोला दुधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जनाको ज्यान गएको छ । आईतबार दिउँसो अन्दाजी ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किदा दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुष्टि गरेको छ । घटनामाा सिराह औरही गाउँपालिका २ का २९ बर्षीय महमद जाबेतर राइन घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए ।

हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको घाईते राइनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । थुलुङ दुधकोशी गाउँपालिका ३ मा भएको उक्त घटनामा ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस भएका थिए । मौसम सफा नहुँदा उनीहरुलाई तत्कालै उपचारका लागि काठमाण्डौ लैजान नसकेपछि ओखलढुङ्गाको मिसन अस्पतालमा लगिएको थियो ।

अस्पताल लैजादै गर्दा उनीहरुको बाटैमा ज्यान गएको प्रहरी निरीक्षक यादवले जानकारी दिए । मृतकहरुको शव अहिले मिसन अस्पताल ओखलढुंगामा नै राखिएको छ । घटनाको विषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । साभारःसोलु एफ एम

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका