सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टि नेकपा एमाले सोलुखुम्बुको सातौं जिल्ला अधिवेशन पुस २३ र २४ गते हुने भएको छ । हिजो (शनिबार) सल्लेरीमा सम्पन्न १७ औं पुर्ण बैठकले उक्त निर्णय गरेको पार्टी सचिव आशकुमार राई “शिशिर”ले जानकारी दिए ।
राईका अनुसार पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न अधिवेशन सम्पन्न गर्न ९ वटा उपसमिति समेत गठन गरेको छ । बैठकले क्रमश डुफ कुमार बास्तोला, हर्कबहादुर राई र आश कुमार राई (शिशिर) को संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयारी उपसमिति, साङ्गाठानिक प्रतिवेदन तथा प्रतिनिधि ब्यवस्थापन उपसमिति र अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।
त्यस्तै रामकाजी श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति, बिरुदास श्रेष्ठको संयोजकत्वमा आवास तथा खाद्यान्न व्यवस्थापन उपसमिति, दिपक राजभण्डारीको संयोजकत्वमा स्वयम् सेवक परिचालन उपसमिति र मिशन राईको संयोजकत्वमा सास्कृतिक उपसमिति गठन गरेको जनाएको छ ।
पार्टीका ३ हजार ३० जना साङ्गठनिक प्रतिनिधीबाट भने ३०६ जना छनोट हुने छन् । जसमा खुल्लाबाट २० जना बराबर १ जना, महिला तर्फ १० जना बराबर १ जना र उत्पिडित जाती तर्फ ५ जना बराबर १ गरी ३०६ जना साङ्गठनिक प्रतिनिधी छनोट हुने नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।