काठले लागेर गम्भिर घाईते सुदिप मगरको उपचारको क्रममा ज्यान गयो

काठले लागेर गम्भिर घाईते सुदिप मगरको उपचारको क्रममा ज्यान गयो

काठमाण्डौ । सोलुदुदधकुण्ड नगरपालिका १० टाप्टिङका २५ बर्षीय सुदिप थापा मगर घर निर्माण गर्ने क्रममा गम्भिर घाईते भई ज्यान गएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ पाङबोचेमा घर निर्माणको क्रममा माथिबाट खसेको काठले लागेर गम्भिर घाईते मगरको उपचारको क्रममा क्रिष्ट अस्पताल ललितपुरमा मंगलबार ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।

कृष्ण मगरका अनुसार गत मंसिर २७ गते पाङबोचेमा घर निर्माणको क्रममा तिन तला माथिबाट खसेको काठले लाग्दा मगरको टाउकोमा गहिरो चोट लागेको थियो । टाउकोको नसा तथा दिमाखमा गम्भिर असर परेकाले उपचार सम्भव हुन नसकेको अस्पताललाई उदृत गर्दै मगरले बताए ।

आर्थिक अवस्था कम्जोर भएका उनको अप्रेसनका लागि विभिन्न ब्यक्तिहरुले देश तथा विदेशबाट सहयोग रकम संकलन गरेपनि बचाउन नसकिएको परिवारले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका